सुर्खेतका कुन पत्रिका कुन वर्गमा ?

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको नतिजा सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७१/०७२ को नतिजा आज सार्वजनिक गरिएको हो ।

नतिजा अनुसार सुर्खेतबाट प्रकाशित हुने दुई वटा पत्रिका ‘क’ वर्गमा परेका छन् । साझा बिसौनी दैनिक र काँक्रेविहार दैनिक क्षेत्रीय ‘क’ वर्गमा परेका हुन् ।

त्यस्तै सुर्खेतकै हाम्रो अखबार दैनिक, हाम्रो नयाँ नेपाल दैनिक, लोकमञ्च दैनिक क्षेत्रीय ‘ख’ वर्गमा परेका छन् । युग आव्हान दैनिक र सुर्खेतपत्र दैनिक स्थानीय ‘ख’ वर्गमा परेका छन् ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १५:१३