संशोधन प्रस्ताव परिमार्जन हुँदैनः पम्फा भुसाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन नहुने बताएकी छन्। काठमाडौंमा पत्रकारहरुसँग उनले मधेशी मोर्चाले भनेजस्तो परिमार्जन नहुने बताइन्।

भनिन्, ुप्रतिपक्ष दलहरुसँग समेत सहमति गरेर विधेयक संसदमा पेश हुन्छ। यसका लागि छलफल भइरहेको छ।ु एमालेसहित ८ दलसँग यसबारे छलफल भइरहेको उनले बताइन्।

भुसालका अनुसार सरकारले १८ पुस संसद् बैठकमा संशोधन विधेयक प्रस्तुत गर्ने सरकारी तयारी छ। सहमतिमा संविधान जारी भएकाले सहमतिमै कार्यान्वयन गर्नुपर्ने उनले बताइन्।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १७:५६