इलेक्ट्रोनिक्स समितिको भेटघाट

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
सुर्खेत इलेक्ट्रोनिक्स वस्तुगत समिति र पोखरा इलेक्ट्रोनिक्स वस्तुगत समितिबीच भेटघाट तथा अनुभव आदान–प्रदान कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । 
दुई समितिबीच सम्बन्ध विस्तारका साथै समितिलाई केन्द्रीयस्तरको बनाउन भेटघाट र छलफल गरिएको जनाइएको छ । पोखरा इलेक्ट्रोनिक्स वस्तुगत समितिका अध्यक्ष श्रीप्रसाद घलेसहितको टोलीलाई सुर्खेतका अध्यक्ष भुवन ज्ञवाली, उपाध्यक्ष सोमप्रसाद पौडेल, सचिव केदार भुषाल र कोषाध्यक्ष रवि लामिछानेसहितको टीमले स्वागत गरेको थियो । उक्त अवसरमा सुर्खेतकोतर्फबाट पोखरालाई स्मारिका हस्तान्तरण समेत गरिएको छ ।