मोडेल कलेजको वार्षिकोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ फागुन । 
सुर्खेत मोडेल कलेजको पाँचौं वार्षिकोत्सव शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा निमित्त क्याम्पस प्रमुख देवेन्द्रकुमार वाग्लेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कलेज सञ्चालक समितिका अध्यक्ष परशुराम खड्काको सभापतित्व एवम् त्रिभुवन विश्वविद्यालयका व्यवस्थाप न सङ्कायका डीन देवेन्द्रराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सवमा कलेजले यसअघि सञ्चालन गरेको खेलकुद प्रतियोगिता एवम् उच्च माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार वितरण गरिएको छ । यस्तै वार्षिकोत्सवकै अवसरमा कलेजको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ ।