सेमिफाइनलमा नेपालको भेट भारतसँग

नेपाल र भारतले दक्षिण एसियाली खेलकुद ९साग० र साफ वुमेन्स च्याम्पियनसिप फुटबलको फाइनल खेल्दै आएका छन् । सागका दुई तथा साफका तीन फाइनलमा नेपाललाई पन्छाउँदै भारतले लगातार उपाधि जितेको छ । सिलिगुडीमा भइरहेको चौथो साफमा नेपालले उही चिरपरिचित प्रतिद्वन्द्वी भारतको सेमिफाइनलमै सामना गर्ने भएको छ ।

समूह ‘बी’ को अन्तिम खेलमा शनिबार आयोजक भारतलाई बंगलादेशले गोलरहित बराबरीमा रोकेको थियो । त्यसैले गोल अन्तरका आधारमा भारतलाई उछिन्दै बंगलादेश समूह ‘बी’ विजेता भएपछि नेपालले फाइनलअघि नै दक्षिण एसियाली महारथीको सामना गर्नुपर्ने भएको हो । तीन टिम सहभागी समूह ‘बी’ मा अफगानिस्तानविरुद्ध भारतले ५–१ र बंगलादेशले ६–० को जित हात पारेको थिए ।

नेपालले भारतमाथि अहिलेसम्म जित हात पार्न सकेको छैन । नेपालले लगातार भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले हराउँदै समूह ‘ए’ को शीर्षस्थानमा रहेर अन्तिम चारमा सुरक्षित गरेको थियो । यो समूहको दोस्रो स्थानको माल्दिभ्सले फाइनल पुग्नका लागि बंगलादेशसँग खेल्नेछ र त्यसमा जसले जित हात पारे पनि साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल्ने तेस्रो टिम हुनेछ । दुवै सेमिफाइनल सोमबार हुनेछन् ।

प्रकाशित मितिः   १७ पुष २०७३, आईतवार १०:५५