शिक्षा समूहको सक्रियता
सुर्खेत: कर्णालीको शिक्षाका सवालमा काम गर्न तीन वर्ष अघि गठित शिक्षा समूहको सक्रियता बढ्दै गएको छ । २०७६ देखि दश वटै जिल्लामा शिक्षा समूह गठन गरी शैक्षिक सवालमा पैरवी गर्न थालिएको हो । विपद्को समयमा पनि निरन्तर सिकाइ गतिविधि सञ्चालन गर्न, विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सहज वातावरण निर्माण गर्न र विपद्का बेला सूचना संकलन गरेर राहत प्रदान गर्न यो समूहले काम गर्दै आएको छ । कर्णाली प्रदेशभर शिक्षासँग काम गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरू यस समूहमा आवद्ध छन् । कर्णाली प्रदेश सरकारले विपद्को बेला विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरेको हो ।
मंगलवार वीरेन्द्रनगरमा आयोजित शिक्षा समूहको प्रदेशस्तरीय सूचना व्यवस्थापन सम्बन्धि कार्यक्रममा बोल्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) का केन्द्रीय कोषाध्यक्ष टिकाराम सापकोटाले शिक्षा समूूहलाई अझै रफ्तारमा अगाडि बढाउनुुपर्ने बताए । उनले भने, ‘आवश्यकता महशुुस गरेर सरकारले शिक्षा कलष्टर निर्माण गरेको छ, प्रदेशका प्रत्येक पालिकामा यसलाई प्रभावकारी रूपमा कार्यन्वयनमा लैजानुुपर्ने देखिन्छ ।’ कोरोना महामारीले सबैभन्दा बढी प्रभावित बनेका शैक्षिक संस्था र विद्यार्थीलाई समूहमार्फत विभिन्न क्रियाकलाप सञ्चालन गरी सहयोग गरिएको थियो । कोरोना महामारीका समयमा कर्णालीमा वैकल्पिक सिकाइको अभ्यास भएता पनि प्रभावकारी हुन सकेन । यहाँका १८ प्रतिशत विद्यालय मात्र मात्र अनलाइन सञ्चारको पहुँचमा छन् । प्रदेशको शिक्षा समूहले कोरोना महामारीको बेला निरन्तर शिक्षाका साथै कोरोना प्रतिकार्यका लागि आवश्यक सामग्री र जनशक्तिको व्यवस्थापन गरेको बताइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रिले शिक्षा समूूहलाई स्थानीयस्तरसम्म कार्यन्वयनमा लैजानुुपर्ने सुझाव दिए ।
त्यस्तै, शिक्षक महासंघका सचिव चन्द्रप्रसाद दाहालले शिक्षा समूूहले कोरोना महामारीको समयमा उदाहरणीय काम गरेको बताए । समूहको सक्रियताका कारण बालबालिकाको निरन्तर सिकाइमा टेवा पुुगेको उनको भनाइ छ । युुनिसेफ नेपाल शिक्षा शाखा प्रमुुख पर्शुुराम पन्तले शिक्षा समूहले विपद्मा मात्र नभइ जुुनसुुकै अवस्थमा पनि निरन्तर सिकाइलाई अगाडि बढाउनुुपर्ने सुझाए । ‘यो कार्यक्रम विपद्मा मात्र होइन अरुबेला पनि उत्तिकै आवश्यक देखिएको छ,’ उनले भने । सेभ द चिल्ड्रेनका शिक्षा प्रमुुख आत्माराम भट्टराइले निरन्तर सिकाइको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी अघि बढ्न आवश्यक रहेको औंल्याए ।
सिकाइ निरन्तरताका लागि अस्थायी सिकाइ केन्द्र निर्माण र व्यवस्थापन, सिकाइ सामग्री वितरण, टोल शिक्षा तथा गृह विद्यालय अवधारणाको कार्यन्वयनलगायतमा समूहले मद्दत गर्दै आएको छ । शिक्षा निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले शिक्षा समूूह प्रदेशमा सक्रिय रहेको बताइन् । समूहले निरन्तर शिक्षाका लागि गरेका अभ्यासहरू प्रभावकारी भएको उनको भनाइ थियो ।
प्रकाशित मितिः २५ श्रावण २०७९, बुधबार ०५:०२
साझा बिसौनी ।