सिस्नो टिप्न गएका व्यक्तिको शव फेला

मुगुको पुर्वी करान भेगको माग्री गाविसका एक व्यक्तिको सिस्नो टिप्न गएकाबेला मृत्यु भएको छ । माग्री गाविस वडा नम्बर १ चिमाथ गाउको जगंलमा बिर्खबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।

शुक्रवार दिउसो १२ बजे गाउँ नजिकैको जंगलमा सिस्नु टिप्न गएका उनलाई वनमा बाख्रा चराउन गएका स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरी चौकी पुलुमा खबर गरेको बताईएको छ । प्रहरी चौकी पुलुबाट खटिएको प्रहरीले शनिवार शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।

मृतक बुढाको टाउकोमा गम्भीर चोट लागेको छ । माथीबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पुलु प्रहरी चौकिले दिएको मृतकका छिमेकी पुरिलाल रोकायाले दिए ।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १६:३५