संशोधन प्रस्ताव पारित गराउन खोजे हात जमाएर नबस्ने भट्टराईको चेतावनी

नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए हात जमाएर नबस्ने बताएका छन्। २२ पुसमा आयोजित बिरोधसभाको प्रचारका लागि बानेश्वरमा भएको कोणसभामा उनले कुनै हालतमा संशोधन प्रस्ताव पारित हुन नदिने बताए।

‘तराई, पहाड र हिमाल मिल्न नदिने षडयन्त्रबिरुद्ध एमाले सडक र सदनबाट प्रतिकार गर्छु, उनले भने, ‘जबर्जस्त गर्न खोजिए हात जमाएर बस्दैनौं।’ भट्टराईले काठमाडौंमा दुई लाख मानिस उतार्ने बताए।

संशोधन प्रस्तावबिरुद्ध एमालेलगायत ९ दलले २२ पुसमा विरोधसभा राखेको छ।

प्रकाशित मितिः   १६ पुष २०७३, शनिबार १५:१२