श्रीलङ्काविरुद्ध नेपाल विजयी

साफ महिला च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध भइरहेको खेलमा नेपाल एक गोलले विजयी भएको छ। पहिलो हाफ बराबरीमा खेलेको नेपालको तर्फबाट सपना लामाले खेलको ८७ औं मिनेटमा गोल गरेपछि नेपाल विजयी भएको हो।
भारतको सिलिगुढीमा भएको यो खेल जितेसँगै नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।