आर्मीलाई हराउँदै एपिएफले जित्यो फुटबलमा स्वर्ण
पूर्वाञ्चलमा जारी सातौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलमा एपिएफले स्वर्ण पदक जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको फाइनलमा आर्मीलाई २(०ले हराउँदै फुटबलमा स्वर्ण जितेको हो।
एपिएफका लागि अञ्जन विष्टले दुबै गोल गरेका हुन्। खेलको १४ औं मिनेट पहिलो गोल गरेका विष्टले ३०औं मिनेटमा गोल गरेका थिए।
प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १५:२९
साझा बिसौनी ।