दूव्र्यसनीविरुद्ध सचेतना
सुर्खेत: वीरेन्द्रनगरमा लागूऔषध दूव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । शनिवार नगरको वडा नं. १ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा लागूऔषध दूव्र्यसनीविरुद्ध जनचेतना कार्यक्रम भएको हो । परोपकार पुुनःस्थापना केन्द्रको आयोजना तथा वडा कार्यालयको समन्वयमा युवाहरूका लागि सचेतनामूलक कार्यक्रम गरिएको जनाइएको छ । दूव्र्यसनीले व्यक्ति, घरपरिवार र समाजलाई नै असर गर्ने भएकाले लागू पदार्थ कसैले पनि सेवन गर्न नहुनमा सहभागीको जोड थियो ।
कार्यक्रममा प्रहरी चौकी बाङ्गेसिमलका इन्चार्ज डिलबहादुुर बस्नेतले लागू पदार्थको प्रयोगबाट हुन सक्ने जोखिमहरूको बारेमा जानकारी गराएका थिए । उनले लागूऔषधको प्रकार, यसबाट बच्ने उपाय, लागूऔषधसम्बन्धी सजाय, कारबाही र दूव्र्यसनीमा फस्नुको कारणबारे युवाहरूलाई प्रशिक्षण दिएका हुन् । प्रहरीका अनुसार पछिल्लो समय वीरेन्द्रनगरमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दोक्रममा देखिएको छ । परोपकार पुुनःस्थापना केन्द्रका अध्यक्ष चन्द्र रावलले लागूू पदार्थ तथा अवैध तस्करीविरुद्धको अन्तराष्ट्रिय दिवसको पूूर्व सन्ध्यामा सचेतना कार्यक्रम गरिएको बताए । ‘वीरेन्दनगरमा आगूूऔषध प्रयोगकर्ता बढेका छन् । यसको नियन्त्रणमा सबै तहबाट लाग्नुुपर्ने देखिन्छ,’ उनले भने ।
प्रकाशित मितिः १२ असार २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।