रोनाल्डोलार्इ चीनमा लैजान २५० मिलियनको अफर

चीनको एउटा फुटबल क्लबले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि रियल मड्रिडसामू २५० मिलियन पाउण्ड प्रस्ताव गरेको छ ।

पोर्चुगलका स्टारका एजेन्ट जर्ज मेन्डेसका अनुसार रोनाल्डोलाई वार्षिक ८५ मिलियन पाउण्ड तलबमा चिनियाँ लिगमा लैजाने प्रस्ताव गरेको हो । तर, उनले यसप्रति कुनै चासो देखाएका छैनन् ।

मेन्डेसले स्काइ इटालियासँग भनेका छन्, चीनबाट रियल मड्रिडलाई ३०० मिलियन युरो र खेलाडी ९रोनाल्डो०लार्इ १०० मिलियन भन्दा बढी प्रतिवर्ष दिने प्रस्ताव गरेको छ ।’ उनले अघि भने, पैसा सबै कुरा होइन । स्पेनिस क्लब ९रियल मड्रिड० नै रोनाल्डोको जिन्दगी हो ।’

रोनाल्डोलार्इ कीर्तिमानी मूल्यमा चिनियाँ लिगमा लैजान चाहने क्लबबारे भने उनले केही खुलाएका छैनन् ।

सांघाई शेन्हुआले हालै मात्र कार्लोस टेभेजलार्इ साताको ६ लाख १५ हजार पाउण्ड तलब दिने गरी लगेको छ । र, उनी लिओनल मेस्सी रोनाल्डोलाई धेरै पछि पार्दै विश्वकै सबैभन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् ।

प्रकाशित मितिः   १५ पुष २०७३, शुक्रबार ११:२६