कोहली र अनुष्का इंगेजमेन्टको तयारीमा

क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीचको सम्वन्ध सँधै भारतीय मिडियामा चर्चाको विषय बन्ने गर्छ । पछिल्लो खबर अनुसार यो जोडी आफ्नो सम्वन्धलाई औपचारिकता दिने अन्तिम तयारीमा छ ।

बिराट र अनुष्काले नयाँ वर्ष २०१७ को पहिलो दिन ईंगेजमेन्ट गर्न लागेको खबर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । यद्यपि बिराट र अनुष्काको तर्फबाट यस सम्वन्धमा कुनै प्रष्टिकरण आएको छैन ।

केही वर्षदेखि अफेयरमा रहेको यो जोडीको सम्वन्धमा २०१६ मा निकै उतारचढाव आयो । उनीहरुबीच मतभेद बढेर ब्रेकअप हुने बिन्दूमा पुगेको खबर पनि सार्वजनिक भएको थियो । तर, अहिले फेरि उनीहरुको सम्वन्धमा नयाँ आयाम थपिएको छ । दुवै जना आफूहरुबीचको प्रेम सम्वन्धलाई नयाँ नाम दिन सहमत भएका छन् ।

समाचार अनुसार ईंगेजमेन्ट कार्यक्रम उत्तराखण्डको होटल आनन्दा नरेन्द्र नगरमा आयोजना हुनेछ । कार्यक्रममा बलिउड तथा क्रिकेट जगतका चर्चित हस्तिहरु सहभागी हुनेछन् । कार्यक्रमको तयारीका लागि दुवैका नजिकका साथी र परिवारका सदस्यहरु जुटिसकेको बताइएको छ ।

बिराट र अनुष्का दुवैले हालै आआफ्नो इस्टाग्राममा तस्बिर पोष्ट गरेका छन् । दुवैले राखेको तस्बिरमा एउटै दृष्य छ तर उनीहरु सँगै देखिदैनन् । दुवै जना छुट्ट िमनाउन कुनै पहाडी इलाकामा गएको अनुमान गरिएको छ ।