‘पर्यटन प्रवर्द्धन गर्न होटलमा लगानी’

पर्यटन प्रवर्द्धनका लागि होटलमा लागनी वृद्धि गर्नुपर्ने सुर्खेतस्थित होटल व्यवसायीहरुले बताएका छन् । होटल व्यवसायी संघ सुर्खेतको विहीवार वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभामा सहभागि व्यवसायीहरुले यसतोब बताएका हुन् ।

कार्यक्रममा होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष अमृत भुजेलले प्रदेश ६ को पर्यटनलाई प्रर्वद्धन गर्न स्तरीय होटेलहरुको आवश्यकता औंल्याए । उनले अनेकै पर्यटकिय सम्भावनाले भरिपूर्ण यस प्रदेशमा स्तरीय होटेल नभएकै कारण पर्यटन प्रर्वद्धन हुन नसकेकोले स्तरीय होटेल निर्माणमा पहल गर्ने प्रतिवद्धता समेत जनाए । स्तरीय होटेलका साथै गुणस्त्रीय सेवा र हाइजेनिक खानाको व्यवस्था गर्न सके नेपालको पर्यटन व्यवसाय निकै फस्टाउने उनको भनाई थियो ।

आन्तरिक र वाह्य पर्यटकहरु आकर्षित गर्नको लागि स्तरीय होटेल आवश्यक पर्ने उल्लेख गदै उनले ६ नम्वर प्रदेशमा स्तरीय होटेलमा लगानी गर्न होटेल व्यवसायीलाई समेत आग्रह गरे । उनले स्तरीय होटेलहरु नभएका जिल्लाहरुमा स्तरीय होटेलहरु निर्माण गर्नको लागि होटेल व्यवसायी महासंघले प्रत्येक जिल्लाका होटेल व्यवसायीको लगानी हुने गरी स्तरीय होटेल वनाउने योजना पनि रहेको बताए । स्तरीय होटेल भएमात्र पर्यटन गतिविधी बढ्ने भएकोले राज्यले पनि पर्यटन प्रर्वद्धन हुने स्तरीय होटेल निर्माणमा लगानी गर्न चाहाने व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।

अर्को प्रसंगमा अध्यक्ष भुजेलले राजमार्गमा सञ्चालनमा रहेका होटलहरुका कारण सिंगो होटल व्यवसायी नै वदनामी बनाएको प्रतिक्रिया दिए । राजमार्गमा जथाभावी होटल खोलिनु र अस्वस्थ प्रतिस्पर्धाले यात्रुहरुलाई बासी खाना खुवाउने गरेको धुव्र सत्य भएको अध्यक्ष भुजेलले बताए । ‘यसको नियमन गर्ने निकाय सम्वन्धित जिल्ला प्रशासन हो, हामीले कडाइका साथ प्रस्तुत भएर त्यस्ता होटल व्यवासयी सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन सुझाव पनि दिएका छौं’ भुजेलले भने । यस्ता जनगुनासाहरु आएपछि आफू स्वंयम नै अनुगमनमा गएको बताएका उनले सम्वन्धित निकायलाई तत्काल ठाउँको ठाउँ कारवाही गर्न आग्रह गरेको जनाए ।

व्यवसायीले करौडौं रकम होटल क्षेत्रमा खर्च गरेपनि हालसम्म पनि होटल व्यवसाय सुरक्षित बन्न नसकेको उनको भनाई छ । नेपालमा हालसम्म साना ठुलागरी करिव ६१ हजार होटलहरु सञ्चालनरत र झण्डै ७ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको भुजेलले जानकारी दिए । उनका अनुसार होटलमा २० कारोडसम्म लगानी गरेर स्तरिय सेवा सुविधा दिँदै आएपनि राज्यको नजरमा विभेद कायमै रहेको दुखेसो पोखे । ‘राज्यले कम्तीमा हस्पालिटी सेवा सुविधा कसरी दिने भन्ने सीप दिनु पर्ने र सवै क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पर्ने हाम्रो माग हो’ उनले थपे ।