प्रधानन्यायाधीशद्वारा सुर्खेत उच्च अदालत निरिक्षण

प्रधानन्यायाधीश शुसीला कार्कीले विहीवार सुर्खेत उच्च अदालतको निरिक्षण गरेकी छिन् । प्रदेश नम्बर ६ का उच्च अदालतहरुको निरिक्षण तथा अदालतहरुको ४ महिनाको प्रगति समिक्षा कार्यक्रममा सहभागि हुन सुर्खेत आएकी कार्कीले अदालतको निरिक्षण गरेकी हुन् ।

सुर्खेतमा उच्च अदालत भइसकेपछि उनले पहिलोपटक निरिक्षण गरेकी हुन् । निरिक्षणपछि अदालतको कामलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिएकी थिईन । जनतालाई न्यायको अनुभुती हुनेगरी काम गर्न अदालत मातहतका कर्मचारीलाई आग्रह गरिन् ।
मुलुक प्रादेशिक संरचनामा गइसकेपछि सुर्खेतमा रहेको पुनरावेदन अदालतलाई उच्च अदालतमा रुपान्तरण गरिएको हो ।