जिल्ला परिषद्मा के भयो ?

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ फागुन । 
जिल्ला विकास समिति सुर्खेतले केही दिन पहिला सम्पन्न भएको जिल्ला परिषद्का निर्णयहरू सार्वजनिक गरेको छ । कार्यालयले सोमवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर परिषद्बाट पारित भएका निर्णय तथा कार्यक्रमहरू सार्वजनिक गरेको हो । यसपालिको जिल्ला परिषद्बाट पुरानै योजना तथा कार्यक्रमहरू नै निरन्तरता दिने निर्णय गरिएको छ ।
पत्रकार सम्मेलनमा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले यही फागुन १५ गते सम्पन्न भएको जिल्ला परिषद्बाट पारित भएका योजना तथा कार्यक्रमहरूको बारेमा जानकारी दिए । उनका अनुसार यसपालीको जिल्ला परिषद्ले सुर्खेतको विकासमा महŒवपूर्ण मानिएका बड्डिचौरदेखि गुटु हुँदै बेनीघाट सडक, धुलियाविट–भेडाबारी सडक, रातानाङ्गाला–धरमपोखरा सडक र तेलपानी–भुरीगाउँ सडकको विस्तार र निर्माणलाई निरन्तरता दिने निर्णय भएको छ । यी सडकहरूको विस्तार भएमा जिल्लाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा जिविसले गरेको छ ।
त्यसैगरी परिषद्बाट पश्चिम गुटुमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालनका लागि पहल गर्ने, कोहलपुरदेखि सुर्खेतसम्मको एक सय ३२ केभी विद्युत प्रशारण लाइनको विस्तार गर्ने र जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्ने योजना समेत पारित भएको रेग्मीले जानकारी दिए । उनले भने, ‘यस पटकको परिषद्ले महŒवपूर्ण निर्णय गरेको छ, हामीले सडकलाई बढी महŒव दिएका छौं । सडकको पहुँच विस्तार भएमा विकासले फड्को मार्नेछ ।’ यस्तै परिषद्ले विभिन्न सिँचाइ आयोजनाको स्वीकृत, जिल्लामा स्थापना हुन लागेको जडिबुटी प्रशोधन केन्द्रलाई सहयोग गर्ने, झोलुङ्गे पुलको निर्माण गर्ने र खानेपानी आयोजनाहरू निर्माण गर्ने प्रस्ताव समेत पारित भएका छन् । जिल्लाको आन्तरिक स्रोतले निर्माण हुन नसक्ने आयोजनाको लागि आवश्यक पर्ने बजेट केन्द्रबाट माग गर्ने निर्णय समेत गरिएको छ । 
परिषद्मा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आउँदो वर्षका लागि प्रस्ताव गरेको करिब चार अर्बको बजेट समेत स्वीकृत गरेको छ । यस्तै लक्षित वर्गका कार्यक्रमहरूलाई समेत निरन्तरता दिइने भएको छ । परिषदले सरसफाइ, वातावरण, शिक्षा र स्वास्थ्य लगायतका विभिन्न नीतिहरू समेत पारित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । परिषद्मा विभिन्न सुझावहरू आएको र ती सुझावहरूलाई आफूहरूले समावेश गरेर अन्तिम रूप दिने रेग्मीले बताए । जिल्लाको समग्र विकासका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै उनले इलाका र गाउँबाट आएका योजना र कार्यक्रमहरूलाई नै परिषद्ले पारित गरेको दाबी गरे । शनिवार सम्पन्न भएको जिल्ला परिषद्को उद्घाटन स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले गरेकी थिइन् ।नकारी दिए । उनले भने, ‘यस पटकको परिषद्ले महŒवपूर्ण निर्णय गरेको छ, हामीले सडकलाई बढी महŒव दिएका छौं । सडकको पहुँच विस्तार भएमा विकासले फड्को मार्नेछ ।’ यस्तै परिषद्ले विभिन्न सिँचाइ आयोजनाको स्वीकृत, जिल्लामा स्थापना हुन लागेको जडिबुटी प्रशोधन केन्द्रलाई सहयोग गर्ने, झोलुङ्गे पुलको निर्माण गर्ने र खानेपानी आयोजनाहरू निर्माण गर्ने प्रस्ताव समेत पारित भएका छन् । जिल्लाको आन्तरिक स्रोतले निर्माण हुन नसक्ने आयोजनाको लागि आवश्यक पर्ने बजेट केन्द्रबाट माग गर्ने निर्णय समेत गरिएको छ । 
परिषद्मा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले आउँदो वर्षका लागि प्रस्ताव गरेको करिब चार अर्बको बजेट समेत स्वीकृत गरेको छ । यस्तै लक्षित वर्गका कार्यक्रमहरूलाई समेत निरन्तरता दिइने भएको छ । परिषदले सरसफाइ, वातावरण, शिक्षा र स्वास्थ्य लगायतका विभिन्न नीतिहरू समेत पारित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । परिषद्मा विभिन्न सुझावहरू आएको र ती सुझावहरूलाई आफूहरूले समावेश गरेर अन्तिम रूप दिने रेग्मीले बताए । जिल्लाको समग्र विकासका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै उनले इलाका र गाउँबाट आएका योजना र कार्यक्रमहरूलाई नै परिषद्ले पारित गरेको दाबी गरे । शनिवार सम्पन्न भएको जिल्ला परिषद्को उद्घाटन स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले गरेकी थिइन् ।
प्रकाशित मितिः   १८ फाल्गुन २०७२, मंगलवार १२:४६