विद्यार्थीलाई शैक्षिक सहयोग

सुर्खेत: विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । बौद्ध ग्रामीण बहुउद्दश्यीय सहकारी संस्थाले बरहताल गाउँपालिका वडा नं. २ सिस्नेरीका ४० जना विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्याक्रम संस्थाका अध्यक्ष सिङबहादुर गरुङ्गको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा संस्थाको मुलपानी शाखा अन्तर्गत ५७ नम्बर केन्द्रका सदस्यहरूको पनि सहभागिता रहोको थियो । कार्यक्रमा जन जागृति प्राथमिक विद्यालय तथा विजयश्वरी माध्यमिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गुरुङले संस्थाले यस्ता सामाजिक कार्यहरू सदैव गर्ने र यसभन्दा अघि पनि सिस्नेरीका बाढी तथा अग्नीपीडितहरूलाई सहयोग गरिएको जानकारी दिए । संस्थाको स्थापना दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्र सहयोग गर्ने घोषणा सहकारीले गरेको थियो । सोहीअनुसार मंगलवार हस्तान्तरण गरिएको हो ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७९, बुधबार ०५:०२