सापकोटालाई सम्मान

सुर्खेत: राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक विजेता किरणकिशोर सापकोटालाई सम्मान गरिएको छ । वीरेन्द्रनगर–४ का स्थानीय युवाहरूले उनलाई सम्मान गरेका हुन् ।

स्थानीय भैरव मन्दिर प्राङ्गणमा भएको कार्यक्रममा वीरेन्द्रनगर–४ का नवनिर्वाचित पदाधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले विकास भनेको सडक र भवन निर्माण मात्रै नभएर खेलकुद, अपाङ्गता अधिकारलगायत सामाजिक क्षेत्रको विकास हुनु पनि भएको बताएका छन् ।

किरण किशोर सापकोटाको सफलताले अपाङ्गता भएका नागरिकहरू मात्रै होइन अन्य खेलाडिहरूलाई पनि प्रेरणा मिल्ने उक्त सम्मान कार्यक्रमका संयोजक यादव खड्काले बताए । कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, वीरेन्द्रनगर–४ का वडाध्यक्ष शेरबहादुर केसीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २२ जेष्ठ २०७९, आईतवार ०५:०१