बौद्ध ग्रामीणको वार्षिकोत्सव
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२औं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसरमा बिहीवार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
संस्थाको कार्यक्षेत्र रहेका चारै जिल्लाका प्रतिनिधीहरू सहभागी भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले सहकारीको सुरुवातदेखि अहिलेसम्म गरेका गतिविधि तथा सचिव पासाङ महताराले संस्थाको प्रगति प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाका ६२ हजार सदस्यहरूमध्ये १० जना उत्कृष्ट लघुउद्यमीलाई पुरस्कृत गरिएको छ । उनीहरूलाई नगद दश हजारसहित पुरस्कृत गरिएको जनाइएको छ । त्यसैगरी संस्थाका तीन सय कर्मचारीमध्येबाट उत्कृष्ट तीन जनालाई पनि पुरस्कृत गरिएको छ । संस्थाका २३ वटा कार्यालयमध्ये सुर्खेतमा रहेको सुुन्दरनगर शाखालाई उत्कृष्ठ शाखाको प्रमाण–पत्र प्रदान गरिएको थियो ।
सहकारी संस्थाद्वारा सञ्चालित बिजी एकेडेमी एण्ड रिसर्च सेन्टरकोे बारेमा जानकारी दिनुका साथै बराहताल गाउँपालिका–१ सिस्नेरीका ४० जना विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्रीसमेत वितरण गर्ने घोषणा गरिएको छ । यसका साथै वीरेन्द्रनगरका क्यान्सर पीडित कुमार थापा मगरलाई संस्थाको अंगप्रत्यारोपण कोषबाट ३० हजार रूपैयाँ सहयोगसमेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष पदम दाहालले बौद्ध ग्रामीणले गरेका गतिविधिको प्रशंसा गरे । संस्थाका अध्यक्ष सिङबहादुर गुरुङ्गले सहकारीमा आवद्ध सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर संस्थाका गतिविधि अघि बढाइने बताए ।
प्रकाशित मितिः १२ जेष्ठ २०७९, बिहीबार १९:३७
साझा बिसौनी ।