बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

२२औं वार्षिक उत्सव विशेष

 

‘थोरै भएपनि बचत गरौ“’ भन्ने उद्देश्य लिइ सुर्खेत जिल्लाको तत्कालिन लाटिकोइली गा.वि.स. मा २०५६ मंसिर ४ गते गठन गरिएको एक समूह, जसमा आवद्ध नौ जना महिला र १६ जना पुरुषको अग्रसरतामा मिति २०५७/०२/१२ गते सहकारी ऐन २०४८ अनुसार दर्ता भइ हाल कर्णाली प्रदेशको चार जिल्लामा रहेका सेयर सदस्यहरूलाई उनीहरूको घरदैलोमा गइ सानो–सानो कर्जा, बचत, बिमा तथा रेमिटान्स र वित्तीय साक्षरतासम्बन्धी कार्य गरी सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सफल सहकारी संस्था हो ‘बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. ।’

कर्णाली प्रदेश अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट र जुम्ला जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा २०७९ वैशाख मसान्तसम्ममा कूल ६१ हजार तीन सय ५६ जना सेयर सदस्यहरू आबद्ध रहेको जसमा १३ हजार ६ सय ५३ जना पुरुष, ४७ हजार ६ सय ९६ जना महिला र सात वटा संस्थागत सदस्यहरू रहेका छन् । संस्थामा कूल सदस्य संख्याको ७८ प्रतिशत महिला सदस्यहरूको सहभागिता रहेको छ ।

२०७९ वैशाख मसान्तसम्ममा संस्थाको कूल बासलातमा कूल सम्पत्ति रू. दुई अर्ब ७१ करोड ९५ लाख १० हजार चार सय ७४ रूपैयाँ रहेको छ । जसमा सेयर पुँजी बापत २८ करोड तीन लाख दुई हजार चार सय रहेको छ भने, सेयर सदस्यहरूको कूल निक्षेप एक अर्ब १९ करोड २३ लाख ७९ हजार सात सय ७१ रूपैयाँ रहेको छ । संस्थाले २०७९ वैशाख मसान्तसम्ममा सदस्यहरूलाई लगानीमा बाँकी रहेको कर्जा दुई अर्ब २३ करोड ९७ लाख दुई हजार ६ सय ३२ रूपैयाँ रहेको छ ।

संस्थाले कर्णाली प्रदेश अन्तर्गत रहेको अति दुर्गम स्थानहरूमा सेवा विस्तार गर्दै मध्ययमदेखि अति विपन्न परिवारका सदस्यहरूलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन महŒवपूर्ण योग्दान दिन सफल भएको छ ।

यस सहकारी संस्थाको ऐतिहासिक विकासक्रममा केही महŒवपूर्ण गतिविधिहरू निम्नानुसार रहेको पाइन्छ ।

  • मिति २०५६/०८/०४ गतेको दिन लाटीकोइली गा.वि.स.को बौद्ध टोलमा पहिलो प्रारम्भिक सभा बसेको जसमा नौ महिला र १६ पुरुष गरी २५ जनाको सहभागितामा तदर्थ समिति गठन भएको ।
  • मिति २०५६ पौष १ गतेदेखि बचत संकलन गर्न सुरु गरिएको थियो ।
  • मिति २०५६ फागुन २९ गतेका दिन लाटीकोइली गा.वि.स. वडा नं. ८ स्थित एउटा कोठा बहालमा लिएर संस्थाको कार्यालय स्थापना गरिएको ।
  • मिति २०५७ वैशाख १ गतेबाट संकलित बचत रकमलाई ऋण लगानी गरी परिचालन गर्न सुरु गरिएको
  • मिति २०५७/०२/१२ गतेको दिन जिल्ला सहकारी कार्यालय बाँकेमा संस्था दर्ता गरिएको, सोही मितिमा संस्थाको नाम श्री बौद्ध ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि., दर्ता नं. ११६ (५०)/०५६/५७ कायम भइ सरकारी मान्यता प्राप्त गरेको ।
  • मिति २०६० वैशाख १ गतेदेखि जुम्ला रोडमा बचत संकलन केन्द्र स्थापना गरेको सो केन्द्र मार्फत बचत तथा ऋणको कारोबार साथै लाटीकोइली गा.वि.स.को सहुलियत दरको मट्टीतेल बिक्री वितरण गर्ने डिपोसमेत सञ्चालन गरिएको ।
  • मिति २०६३ जेठ ४ गतेदेखि लाटीकोइली–८ मा बौद्ध बैंकिङ्ग कार्यक्रमको नामबाट विधिवतरूपमा लघुवित्त कार्यक्रमको सुरुवात गरिएको । पछि गएर उक्त कार्यक्रमको नाम बौद्ध लघुवित्त कार्यक्रम राखिएको ।
  • मिति २०७० माघ २१ देखि बचत तथा ऋण सहकारी संस्थाबाट बहुउद्देश्यीय सहकारी संस्था मा प्रकृति परिवर्तन गरीएको ।
  • मिति २०७२ मंसिर १५ गतेदेखि बौद्ध ग्रामीण डेरी उद्योग दर्ता गरी सञ्चालन गरीएको ।
  • मिति २०७५ भाद्र २२ गते बौद्ध ग्रामीण प्रसोधित पिउने पानी उद्योग दर्ता गरी उद्योग सञ्चालनको आवश्यक पूर्वाधार निर्माणदेखि मेशिनरी खरिद प्रक्रिया अघि बढाइ सम्पूर्ण कार्य सम्पन्न पश्चात २०७८ वैशाख १२ गते प्रसोधित पिउने पानी बिक्री वितरण सुरु गरीएको ।
  • मिति २०७७ असोज ८ गते बिजी एग्रीकल्चर एण्ड रिसर्च सेन्टर नाममा कृषि फर्म दर्ता गरी वी.न. ९ तिलपुरमा अत्याधुनिक कृषि फर्म सञ्चालनमा गरीएको ।
  • मिति २०७९ वैशाख २२ गते सम्पूर्ण पूर्वाधार निमार्ण गर्दै बिजी एकेडेमी एण्ड रिसर्च सेन्टर नाममा विद्यालय दर्ता गरी यसै शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्नको लागि कार्य थालनी गरीएको ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेको सानो–सानो पुँजीलाई बचत स्वरूप संकलन गर्ने र उक्त पुँजीलाई आयआर्जनको क्षेत्रमा परीचालित गर्दै सदस्यहरूको जीवनस्तर माथि उठाउन सफल भएको छ । सहकारीका सात सिद्धान्त र सहकारीको मुल नारालाई सफल बनाउने उद्देश्यका साथ यस सहकारी संस्थाले स्थानीय उत्पादनमा वृद्धि गर्नको लागि सदस्यहरूलाई प्रोत्साहन दिने, दुग्ध क्षेत्रमा आत्मनिर्भरताको लागि सदस्यहरूलाई कर्जा लगानी तथा बजारीकरणको लागि दुग्ध डेरी उद्योग सञ्चालन, गुणस्तरीय पिउने पानीको उपलब्धताको लागि प्रशोधित पिउने पानी उद्योग सञ्चालन गरेको छ ।

संस्थाले सदस्यहरूको विकासका लागि निम्नानुसार उद्देश्य लिएको छ ।

  • भूमिहीन र सम्पत्तिहीन गरिबलाई लघुवित्त कार्यक्रमको माध्ययमबाट वित्तीय सेवा सुविधा उपलब्ध गराई उसमा रहेको असिमित सम्भावनाहरूलाई उजागर गराउँदै उसलाई आयमुलक तथा उत्पादनमुलक कार्यमा संलग्न गराउने ।
  • विशेष गरी समाजमा पिछडिएर रहेका महिला वर्गलाई वित्तीय साक्षरता मार्फत आर्थिक क्रियाकलापमा संलग्न गराइ समृद्धिको मार्गमा अगाडि बढाउने ।
  • आधुनिक कृषि प्रणाली तथा पशुपालन व्यवसाय गर्ने किसानहरूको स्तरोन्नती गरी देशलाई कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउने ।
  • बैंकिङ्ग सेवा सुविधाबाट वञ्चित गाउँ–गाउँमा शाखा विस्तार गरी गुणस्तरीय वित्तीय सुविधा उपलब्ध गराउने ।
  • सहकारी मार्फत गरिने सामूहिक व्यवसायहरू सञ्चालन गर्ने ।
  • दुग्ध डेरी उद्योग सञ्चालन गरी संस्थाका किसान सदस्यहरूबाट उत्पादितको गुणस्तरीय दुध तथा दुग्धजन्य पदार्थहरू उपभोक्तासम्म पुर्‍याउने ।
  • प्रशोधित पिउने पानी उद्योग सञ्चालन गरी शुद्ध तथा गुणस्तरीय पानी उपभोक्ताहरू माझ पु¥याउने ।

परिकल्पना (Vision)
‘गरिब तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थान गरी देशको गरिबी निवारणमा योगदान गर्ने ।’

अभियान (Mission)
‘गरिब तथा विपन्न वर्गलाई सहकारी मार्फत आर्थिक तथा सामाजिक उत्थान गर्ने ।’

लक्ष्य (Goal)
‘आगामी पाँच वर्षभित्रमा ८० हजार सेयर सदस्यहरूलाई संस्थाका सेवाहरू प्रदान गर्ने ।’

 

प्रकाशित मितिः   १२ जेष्ठ २०७९, बिहीबार ०५:०७