अध्यक्ष श्रेष्ठ सम्मानित

साझा बिसौनी संवाददाता
दैलेख, १८ फागुन । 
जिल्ला खेलकुद विकास समिति दैलेखका अध्यक्ष तीर्थनारायण श्रेष्ठ सम्मानित भएका छन् । जिल्ला विकास समिति दैलेखले जिल्लाको खेलकुद क्षेत्रको उन्नयन र विकासमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । 
श्रेष्ठलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित भएपछि अध्यक्ष श्रेष्ठले जिल्लाको खेलकुद विकासका लागि थप हौसला मिलेको बताए । खेलकुद क्षेत्रलाई अझ फराकिलो बनाएर लैजाने योजनामा रहेको भन्दै उनले दैलेख जिल्लाको ११ वटै इलाकामा सम्पूर्ण खेलको लागि मैदान तथा खेलको लागि आवश्यक खेलकुदका सामग्री व्यावस्थापन गर्न पहल गरिरहेको 
बताए । दैलेख जिल्लाको खेलकुद गतिविधिलाई नमुनाकै रुपमा अघि बढाउने उनले प्रतिबद्धता जनाए । 
दैलेखका सम्पूर्ण खेलाडीलाई प्रशिक्षण दिने तथा दुई वटै निर्वाचन क्षेत्रका खेलका लागि कभर्ड हलको समेत आवश्यक पहल गर्ने उनले बताए । आर्थिक अभावका कारण आफूले योजनाहरू कार्यान्वयन गर्न नसकिएको भन्दै श्रेष्ठले सरकारले पनि खेलकुदका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताए ।