अखिल क्रान्तिकारीमा जिसी

सुर्खेत, १८ फागुन । (साबिस)
एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला सङ्गठन समिति सुर्खेतको अध्यक्षमा महेश जिसी निर्वाचित भएका छन् । सङ्गठनको २१ औं जिल्ला सम्मेलनबाट जिसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अन्य पदमा सर्वसम्मत् भए पनि अध्यक्षमा सहमति हुन नसकेपछि निर्वाचन गरिएको थियो सोमवार राती भएको मतदानबाट जिसी अध्यक्षमा विजयी भएका हुन् । ५१ जना जिल्ला कमिटी सदस्यहरूबाट मतदान गरिएकोमा जिसीले अध्यक्षका प्रत्यासी रवि केसीलाई तीन मतले पराजित गरेका हुन् । ४५ मत खसेकोमा जिसीले २४ र केसीले २१ मत प्राप्त गरेका थिए । यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा मोतीराम रम्तेल, सचिवमा चिरञ्जीवी गैरे, सह–सचिवमा जगतप्रसाद ढकाल र चन्द्रप्रकाश बुढा र कोषाध्यक्षमा मीना शाही निर्विरोध चयन भएका छन् । 
प्रकाशित मितिः   १९ फाल्गुन २०७२, बुधबार ०६:३६