पचालझरनामा माओवादी विजयी

कालिकोट – कालिकोटको पचालझरना गाउँपालिकामा नेकपा(माओवादी केन्द्र)ले जित हात पारेको छ । एमाले र कांग्रेसको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।

पालिका अध्यक्षमा माओवादी केन्द्रका देवराज शाही २ हजार ३ सय ६२ मत ल्याएर विजयी भएका छन्। उनले कांग्रेसका टेकबहादुर बोगटीलाई हराएका हुन्। बोगटीले १ हजार ७ सय २९ मत पाए ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अल्किना बम विजयी भएकी छन्। उनले २ हजार ३ सय ९८ मत पाइन् । पराजित भएका एमाले उम्मेदवार रण रोकायाले १ हजार २ सय ३६ मत पाए।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार १६:१६