मुसिकोटमा कांग्रेस विजयी

रुकुम पश्चिम – रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार महेन्द्र केसी ६ हजार ९ सय १४ मत पाएर निर्वाचित भएका हुन् ।

केसीले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन् । पराजित शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।

मुसिकोटमा एमाले–कांग्रेस गठबन्धन थियो भने माओवादी–समाजवादीको गठबन्धन थियो ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार ०९:०३