रास्कोटमा माओवादी विजयी

कालिकोट – रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का धर्मराज शाही निर्वाचित भएका छन् । शाहीले ३ हजार ४७ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दयाराम सिम्खाडाले २ हजार १ सय १७ मत पाए ।

त्यस्तै, नगर उपप्रमुखमा एकीकृत समाजवादीका मनिराज बरालले एमालेकी उमा शाहीलाई दोब्बर मतले हराए । बरालले २ हजार ८ सय ९ मत पाए भने शाहीले १ हजार ३ सय १ भोट पाएकी छन् ।

रास्कोटमा माओवादी केन्द्र र समाजवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार ०८:५९