चंखेलीमा स्वतन्त्र उम्मेदवारको जित

हुम्ला : जिल्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । शाहीले एक हजार ६ सय ९५ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दबहादुर शाहीले एक हजार एक सय ७१ मत पाएका छन् ।

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रेमकला बुढा निर्वाचित भइन् । उनले एक हजार ३ सय ७२ मत पाइन् ।

प्रकाशित मितिः   ६ जेष्ठ २०७९, शुक्रबार ०८:५५