बाग्चौरमा कांग्रेसका गौतम विजयी
सल्यान – जिल्लाको बाग्चौर नगरपालिकामा प्रमुख पदमा कांग्रेसका उमेदवार जनकराज गौतम विजयी भएका छन् । गौतमले ६ हजार २७ मत ल्याएका छन भने निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किर्तीबहादुर पुनले ५ हजार ५ सय ९५ मत ल्याए । एमालेका तिलक मल्लले ३ हजार ४ सय २० मत ल्याएका छन् ।
यस्तै, उपप्रमुख पदमा भने माओवादी केन्द्रकी उमेदवार सुम्निमा डिसि विजयी भएकी छिन् । उनले ६ हजार ६ सय १४ मत ल्याएकी हुन् । कांग्रेसकी दीपा खडकाले ५ हजार २ सय ३४ र एमालेकी भक्तकुमारी बिएमले ३ हजार १ सय ८ मत ल्याएकी छिन् ।
यसअघि २०७४ को स्थानीय निर्वाचनमा बाग्चौर नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहित धेरै वडामा जितेको थियो ।
प्रकाशित मितिः ५ जेष्ठ २०७९, बिहीबार २०:२७
साझा बिसौनी ।