सिम्तामा एमालेको जित

सुर्खेत – जिल्लाको सिम्ता गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । पालिका अध्यक्षमा ऐनबहादुर चन्द निर्वाचित भएका छन् । उनले ६ हजार १ सय ७० मत प्राप्त गरे ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत पाए ।

उपाध्यक्षमा पनि एमालेका गोपमा शर्मा विजयी भएकी छिन् । उनले ६ हजार ९१ मत पाइन् । माओवादी केन्द्रका चित्रबहादुर हमालले ५ हजार ३ सय ११ मत पाए ।

सिम्तामा कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार २०:५६