वीरेन्द्रनगरमा एमालेको जित

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । पालिका प्रमुखमा मोहनमाया भण्डारी विजयी भएक छिन् ।  उनले १६ हजार ३८ मत प्राप्त गरिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार ४ सय ८४ मत प्राप्त गरे ।

यस्तै, नगरपालिकाको उपप्रमुखमा पनि एमालेका निलकण्ठ खनाल विजयी भएका छन् । उनले २० हजार ३ सय ६४ मत ल्याएर विजयी हुँदा माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५ सय ३३ पाइन् ।

वीरेन्द्रनगरमा का‌ंग्रेस र माओवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७९, बिहीबार २०:२४