सात किलो सुनसहित एकजना पक्राउ

प्रहरीले कलंकीबाट सात केजी सुनसहित एकजना चालकलाई पक्राउ गरेको छ । हाईलक्स गाडीमा रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउन लागेको चालक सुनसहित पक्राउ परेका हुन् । स्रोतका अनुसार चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याएको बुझिन्छ । त्यत्तिका धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने खुलेको छैन ।

महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । जसको बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ हुन्छ । प्रहरीका अनुसार सुनका मालिकले चालकलाई भरियाको रुपमा प्रयोग गरेको देखिन्छ ।

प्रकाशित मितिः   १४ पुष २०७३, बिहीबार १२:१२