नेपाल सेमीफाइनल प्रवेश
महिला साफ च्याम्पियसनसिपमा अन्तर्गत माल्दिभ्सबिरुद्ध शानदार जित निकाल्दै नेपाल सेमीफाइनल प्रवेश गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पाँच गोल गरिन्। खेलको शुरुदेखि नै माल्दिभ्सबिरुद्ध हाबी भएको नेपालले पहिलो हाफमै तीन गोल गरेको थियो।
१२औं मिनेटमा पहिलो गोल गरेकी सावित्राले २८औं मिनेटमा दिपा राईले दिएको पासलाई गोलमा परिणत गरिन्। उनले ३८औं मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक गरिन्।
खेलको दोस्रो ह्यफ शुरु हुनासाथ सावित्राले फेरि गोल गरिन्। उनले ५०औं मिनेटमा गोल गरिन्। दुई मिनेट नबित्दै मञ्जली योञ्जनले गोल गरेकी छन्।
६३औं मिनेटमा सावित्राले आफ्नो गोल संख्या पाँच पुर्याइन्। ७०औं मिनेटमा सपना लामा र ७३औं मिनेटमा हिरा भुजेलले गरिन्।
४ मिनेट थप गरिएको खेलको तेस्रो मिनेटमा निर्मला विकले गोल गर्दै नेपालका लागि गोल संख्या ९ पुर्याइन्।
यसअघि नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो। उक्त खेलमा सावित्राले डवल ह्याट्रिक गरेकी थिइन्।
प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १२:०८
साझा बिसौनी ।