जुम्लाका सात पालिकाको नतिजा

जुम्ला : जिल्लाका आठ स्थानीय तह मध्ये सात वटाको नतिजा टुँगो लागेको छ । चार पालिकाका नेपाली कांग्रेस, दुईमा माओवादी केन्द्र विजयी हुँदा एउटामा स्वतन्त्र उम्मेदवारले बाजि मारेका छन्।

कनकासुन्दरीमा कांग्रेस
कनकासुन्दरी गाउँपालिकामा कांग्रेसका दामाेदर आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५ सय ६२ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसबाट प्रेमकली बुढा विजयी भएकी छिन्। उनले दुई हजार ३ सय ८० मत ल्याउँदा माओवादी केन्द्रकी रिता खत्रीले १ हजार ९ सय ५४ मत प्राप्त गरेन्।

सिँजामा माओवादी केन्द्र
सिँजा गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रका पुर्णप्रसाद धिताल विजयी भएका छन्। धितालले एक हजार ९ सय ४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नन्दराम बुढाले एक हजार ८ सय ३१ मत पाएका हुन्। उपाध्यक्षमा पनि माओवादी केन्द्रका सितली राेकायाले एक हजार ९ सय ६६ मत प्राप्त गर्दै विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रजनला शाहीले एक हजार ६९ मत प्राप्त गरिन् ।

तिलामा माओवादी केन्द्र
तिला गाउँपालिकाका माओवादी केन्द्रका माेतिलाल राेकाया १ हजार ९ सय ३६ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका एकराज चाैंलागाईले १ हजार ९ सय १५ मत प्राप्त गरेका हुन्। उपाध्यक्षमा माओवादी केन्द्रबाट गाेरिकला बुढा दुई हजार २२ मत ल्याएर विजयी भएकी छन्। प्रतिद्वन्द्वी कांग्रेसबाट सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरिन् ।

तातोपानीमा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी 
तातोपानी गाउँपालिकामा कांग्रेसका नन्दप्रसाद चाैंलागाई दुई हजार २५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेबाट सुरतबहादुर शाहीले दुई हजार २५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीबाट रेवती रावल एक हजार ८ सय ९ मत प्राप्त गर्दै विजयी भएकी छिन्। प्रतिस्पर्धी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ५ सय २३ मत प्राप्त गरेकी हुन्।

चन्दननाथमा  स्वतन्त्र उम्मेदवारको जित

जुम्लाकाे एक मात्र नगरपालिका चन्दननाथकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिं कठायतले बाजी मारेका छन्। कांग्रेसले टिकक नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका कठायतले कांग्रेसकै उम्मेदवार पदमबहादुर शाहीलाई पछि पार्दै विजयी भएका हुन्। कठायतले दुई हजार ४ सय ३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका शाहीले दुई हजार ३ सय ४१ मत पाएका हुन्। उपप्रमुखमा भने कांग्रेसबाट रामदेवी खड्का २ हजार ८ सय ८ मत ल्याएर विजयी भएकी हुन्।

पातारासीमा अध्यक्ष कांग्रेस,उपाध्यक्ष माओवादी
पातारासी गाउँपालिकाकाे अध्यक्षमा कांग्रेसका पुर्णसिंह बाेहाेरा निर्वाचित भएका छन्। बाहाेराले दुई हजार ७ सय ६८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीबाट हरिबहादुर बुढाले दुई हजार ६ सय ६८ मत ल्याएका हुन् । उपाध्यक्षमा भने माओवादीबाट जनमाया राेकाया विजयी भएकी छिन्। राेकायाले दुई हजार ७ सय ५४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसबाट शान्ति बुढाले २ हजार ४ सय ६३ मत प्राप्त गरेकी छिन् ।

अब जिल्लाको एउटा पालिकाको मात्रै नतिजा आउन बाँकी छ । गुठीचाैर गाउँपालिको मतगणना भइरहेको छ ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार १८:३३