बारेकोटको अध्यक्षमा एमालेका गिरी

जाजरकोट : बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का वीरबहादुर गिरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन् । गिरीले तीन हजार नौ सय ५४ मत पाए ।

यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी ३ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका छन् । उनले एमालेकी उम्मेदवार गिता सिहलाइ पराजित गरे ।

बारेकोटमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी गठबन्धन भएको थियो । एमालेले एक्लै निर्वाचनमा होम्मिएको थियो ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार १७:४१