आठबीसमा एमाले विजयी
दैलेख : दैलेखको आठबीस नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् ।
प्रमुख बडुवालले ५ हजार ३ सय २७ मत पाए । उनका प्रतिद्वन्द्वी शाहीले भने ५ हजार ६६ मत प्राप्त गरेका हुन् ।
उपप्रमुख थापाले ५ हजार १ सय १३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित भएकी हुन् ।
प्रकाशित मितिः ४ जेष्ठ २०७९, बुधबार १७:३०
साझा बिसौनी ।