डोल्पो बुद्वमा स्वतन्त्र उम्मेदवार विजयी

डोल्पा – डोल्पो बुद्व गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भएका छन् । उनले पाँच सय ३५ मत प्राप्त गरे ।

नेकपा (माओवादी केन्द्र)का तेम्बा गुरुङले तीन सय दुई मत पाए ।

उपाध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का पेम्मा धाेर्चे गुरुङ निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार १३:५९