आठबिसकोटमा माओवादीको जित

रुकुम पश्चिम – जिल्लाको आठबिसकोट नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पालिका प्रमुखमा माओवादी केन्द्रका रवि केसी निर्वाचित भएका छन् । उनले सात हजार तीन सय ९९ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६ सय १५ मत पाए ।

उपप्रमुखमा पनि माओवादीकै धनकुमारी शाही विजयी भएकी छिन् । उनले सात हजार दुई सय ६५ मत पाइन् । एमालेका दिनेश चन्दले ६ जहार दुई सय ६८ मत पाए ।

यहाँ कांग्रेस र एमालेले चुनावी गठबन्धन बनाएका थिए ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार १३:१९