मुगुको खत्याडमा माओवादी विजयी

मुगु – खत्याड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । पालिका अध्यक्षमा माओवादीका अजबहादुर शाही तीन हजार पाँच सय २० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर मल्लले दुई हजार ६ सय २१ मत पाए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सरिता रोकाय निर्वाचित भइन् । उनले चार हजार पाँच सय ५७ मत पाइन् । एमालेकी कविता भुषालले दुई हजार चार सय ९९ मत पाएकी छिन् ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७९, बुधबार १२:५६