चौरजहारीमा माओवादी विजयी
रुकुम पश्चिम – जिल्लाको चौरजहारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी नगरप्रमुख इश्वरी शर्मा उपप्रमुखमा विजयी भएका हुन् ।
प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए ।
यसैगरी उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए ।
नगरपालिकाका १४ वटा वडाहरुमध्ये १२ वटा माओवादी र दुई वटा कांग्रेसले जितेको छ ।
प्रकाशित मितिः ४ जेष्ठ २०७९, बुधबार १२:४०
साझा बिसौनी ।