लेकवेशीमा कांग्रेसका उमेश पौडेल निर्वाचित
सुर्खेत – लेकवेशी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेशकुमार पौडेल निर्वाचित भएका छन् । मंगलवार राति सम्पन्न मतगणनाको नतिजाअनुसार पौडेलले ६ हजार ६ सय ३९ मत पाएका छन् ।
उनका निटकतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवबहादुर रानाले ६ हजार ३ सय ७४ मत पाए ।
उपप्रमुखमा भने एमालेका बिमला खड्लुक विजयी भइन् । उनले ६ हजार १ सय ९ मत पाएकी हुन् । नेकपा एकीकृत समाजवादीबाट उपप्रमुखका उम्मेदवार देउकली थापामगरले ५ हजार ५ सय ४० मत पाइन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार २३:११
साझा बिसौनी ।