माओवादीले जित्यो जुम्लाको तिला
जुम्ला : तिला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मोतिलाल रोकाया निर्वाचित भएका छन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका छन् । रोकायाका निटकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय १५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि माओवादीकै गोरीकला बुढा विजयी भएकी छिन । उनले २ हजार ४ मत प्राप्त गरेकी हुन । कांग्रेसकी सुष्मा श्रेष्ठले एक हजार ८ सय ७ मत पाइन् ।
प्रकाशित मितिः ४ जेष्ठ २०७९, बुधबार ००:०९
साझा बिसौनी ।