गुर्भाकोटमा दोहोरिए कांग्रेसका हस्त पुन
सुर्खेत – गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । कांग्रेसका निवर्तमान नगर प्रमुख हस्त पुन नै फेरि निर्वाचित भएका छन् । उनले ११ हजार ९ सय ७८ मत पाए ।
नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १ सय ८६ मत पाए ।
उपप्रमुखमा पनि कांग्रेसकै मैना बिक दोहोरिएकी छिन् । उनले ११ हजार ७ सय ४३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला कुमारी विश्वकर्माले १० हजार २ सय ९९ मत पाइन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार २१:३४
साझा बिसौनी ।