त्रिपुरासुन्दरीमा एमालेको जित

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा (एमाले)ले जित हात पारेको छ । पालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

प्रुमखमा एमालेका जनचन्द्र रोकाया निर्वाचित भएका हुन् । उनले २ हजार २ सय ४ मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार चन्द्रलाल धरालाले १ हजार ५ सय ९६ मत पाएका छन्। माओवादीका दिलबहादुर विष्टले १ हजार ४ सय २२ मत ल्याएका छन्।

उपप्रमुखमा एमालेकी देवी घर्तीले १ हजार ८ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। माओवादी केन्द्रकी उम्मेदवार काली चलाउनेले १ हजार २ सय ९० मत ल्याएकी छन्।

त्रिपुरासुन्दरीमा यसअघि पनि एमालेले नै जितेको थियो ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार २१:२०