भेरी नगरपालिकामा एमालेका घर्ती
जाजरकोट – भेरी नगरपालिकामा पुन: नेकपा(एमाले)का चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् । उनले चार हजार आठ सय ४२ मत पाउँदा गठबन्धनका उम्मेदवार गगनबहादुर खड्काले तीन हजार नौ सय ६३ मत पाए । उनी माओवादी केन्द्रका हुन् ।
प्रमुखमा निर्वाचित घर्ति निवर्तमान नगर प्रमुख हुन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी सिता जैसी विजयी भइन् । उनले पाँच हजार नौ सय ८५ मत पाइन् ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार १९:४७
साझा बिसौनी ।