नरहरिनाथमा कांग्रेसको जित

कालीकोट : नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर विष्ट विजयी भए । उनले दुई हजार ६ सय ३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका धिरबहादुर विष्टले दुई हजार चार सय ४५ मत पाए । धिरबहादुर निवर्तमान अध्यक्षसमेत हुन् ।

एमालेका टेकबहादुर बुढाले दुई हजार ३९ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका कमलकुमार शाही विजयी भएका छन् । उनले दुई हजार नौ सय १७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता रावलले दुई हजार दुई सय ८३ मत पाइन् भने तेस्रो भएको एमालेकी जमुनाकुमारी शाहीले एक हजार आठ सय ५४ मत ल्याइन् । यहाँ माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १९:३०