तातोपानीमा कांग्रेसका चौलागाईं विजयी

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले १ हजार ८ सय ६ मत प्राप्त गरे । नेकपा एमालेका सुरतबहादुर शाहीले १ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी रेवती रावल विजय भएकी छिन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले १ हजार ३ सय १२ मत प्राप्त गरेकी हुन् ।

 

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १९:१९