सर्केगाडको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी
हुम्ला – हुम्लाको सर्केगार्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् । रोकायाले ३ हजार ५ सय ४३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका चन्द्रसिंह कार्की ३ हजार २ सय ८२ मत ल्याएर विजयी भए ।
सर्केगाडमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
प्रकाशित मितिः ३ जेष्ठ २०७९, मंगलवार १९:१५
साझा बिसौनी ।