बराहतालको अध्यक्षमा कांग्रेसका भण्डारी

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले चार हजार तीन सय ९७ मत प्राप्त गरे ।

निकटतम् प्रतिद्वन्द्वी एमालेका घनश्याम पाण्डेले तीन हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मी पुनमगर विजयी भएकी छन् । उनले चार हजार तीन सय एक मत प्राप्त गरिन् ।

पालिकाका १० वडामध्ये एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटामा जित हात पारेको छ ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १९:०७