कर्णालीको नतिजा

२६ पालिकामा कांग्रेसको नेतृत्व, २६ को नतिजा आउन बाँकी

सुर्खेत – कर्णाली प्रदेशका ७९ मध्ये ५३ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अब अन्य २६ पालिकाको नतिजा आउन बाँकी छ ।

यसअघि नै निर्विरोध भएका तीन र मतगणना सकिएका ५० गरी ५३ पालिकामध्ये २६ वटाको नेतृत्वमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले २३ पालिकामा उपप्रमुख जितेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १४ पालिका  जितेको छ । १७ स्थानीय तहमा उपप्रमुख जित्न सफल भएको छ । नेकपा एमालेले ८ पालिकाको नेतृत्व हात पार्दा ११ मा उपप्रमुख जितेको छ ।

नेकपा(एकीकृत समाजवादी)ले तीन पालिका जितेको छ । प्रदेशका दुई वटा पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १६:११