कर्णालीको नतिजा

एमाले तेस्रो स्थानमा

सुर्खेत – अघिल्लो पटक प्रदेशको पहिलो पार्टी बनेको नेकपा (एमाले) यसपटक भने कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनको मतपरिणाममा एमाले पछि परेको हो ।

कर्णाली प्रदेशका ७९ मध्ये ४४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा ६ पालिकाको नेतृत्वसहित एमाले तेस्रो स्थानमा छ । १९ पालिका जितेको कांग्रेस पहिलो र १४ पालिकासहित माओवादी केन्द्र दोस्रो स्थानमा छन् । एमालेले उपप्रमुख भने १० स्थानमा जितेको छ ।

एमालेले जितेका पालिका र प्रमुखहरु
१) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)
२) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी
४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही
६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी

एमालेले जितेका उपप्रमुख तथा उपाध्यक्षहरु
१) छार्का ताङसोङ गाउँपालिका (डोल्पा)– कर्म ढुण्डुप गुरुङ
२) डुङ्गेश्वर गाउँपालिका(दैलेख)– कलावति न्यौपाने
३) गुराँस गाउँपालिका (दैलेख) – शिवाकुमारी खड्का
४) कुमाख गाउँपालिका (सल्यान) – लालबहादुर रावत
५) तिलागुफा नगरपालिका(कालिकोट)– महेन्द्रबहादुर शाही
६) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ पुटी लामा
७) ठाटीकाँध गाउँपालिका(दैलेख)– देवीराम बडुवाल
८) सान्नी त्रिवेणी गाउँपालिका(कालीकोट) – पार्वती सिंह
९) नारायण नगरपालिका (दैलेख) – तप्ताकुमारी थापा
१०) चिङ्गाड गाउँपालिका (सुर्खेत) – मिनाकुमारी रोकाया

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १६:०२