छेडागाडमा गठबन्धन विजयी

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पालिका प्रमुखमा नेपाली कांग्रेसका रत्नबहादुर खड्का नौ हजार एक सय ७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार लालबहादुर महताराले पाँच हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा सात हजार नौ सय ६८ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अन्जुकुमारी थापाले ६ हजार ३१ मत ल्याइन् ।

छेडागाड नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

प्रकाशित मितिः   ३ जेष्ठ २०७९, मंगलवार १९:३४